कांग्रेसका नेता प्रेमकुमार खत्रीले बाँडे गोरखा जिल्लामा ६ वटा एम्बुलेन्स सहित स्वास्थ्य सामाग्रीहरु

समाचार स्वास्थ्य

२६ जेठ, गोरखा। नेपाली कांग्रेसका नेता एवम् महाधिवेशन प्रतिनिधि प्रेमकुमार खत्रीले गोरखा जिल्लामा ६ वटा एम्बुलेन्स सहित एक करोडभन्दा बढीको स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

पर्यटन व्यवसायी समेत रहेका कांग्रेस नेता खत्रीले ‘सम्भव नेपाल’ नामक संस्थामार्फत ६ वटा एम्बुलेन्स र स्वास्थ्य सामग्रीहरू वितरण गरेका संस्थाका उत्तम अधिकारीले जानकारी दिए । एम्बुलेन्सहरू गोरखाको पाँच वटा स्थानीय तहलाई वितरण गरिनेछ । गोरखा नगरपालिकालाइ २ वटा एम्बुलेन्स , गण्डकी गाउँपाकिा १, शहीद लखन गाउँपालिका १, भीमसेन थापा गाउँपालिका १ र धार्चे गाउँपालिकालाइ १ वटा एम्बुलेन्स प्रदान गर्न लागिएको हो।

कांग्रेसका युवा नेता खत्रीले गोरखा नगरपालिकामा बुधबार बिहान ११ बजे विशेष कार्यक्रम गरेर ६ वटा एम्बुलेन्स र ६ थान अक्सिजन सिलिण्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, १ सय पिस अक्सिमिटर, पीपीई सेट, फेस सिल्ड लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

कोरोना महामारीका बेला आफ्नो गृहजिल्ला गोरखाका जनताको जीवन रक्षाका लागि खत्रीले एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।