फेरी बढ्यो कोरोना संक्रमित, मृतकको संख्या ८ हजार नाघ्यो

Headlines समाचार स्वास्थ्य

२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ जनाको पीसीआर र ५ हजार ६११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ५ हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

हाल देशभर ८२ हजार ७३६ जना सक्रिय संक्रमित छन ।