२४ जेठ, काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्वस्थ भएपछि आज बस्ने भनिएको संवैधानिक इजलास बुधबारसम्मको लागि स्थगित् भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि हिजोदेखि सुनुवाई भएको छ । तर, सरकार पक्षका वकिलहरुले इजलासमा रहेका न्यायाधीशहरु दिपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई लिएर प्रश्न उठाएका थिए ।