अध्यादेश मार्फत जारी भयो बजेट

Top Post समाचार

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेशमार्फत जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा ३ अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ एकसाथ जारी गरेकी हुन् ।

प्रतिनिधि सभा विघटन भएकाले अध्यादेशमार्फत बजेट ल्याइएको हो ।

अर्थमन्त्री पौडेलले केहीबेरमा प्रधानमन्त्री कार्यालयबाट बजेट भाषण गर्नेछन् ।