पर्यटन क्षेत्रमा काम गर्ने श्रमिक लाइ सहयोग गर्न टान द्वारा फुड बैंक स्थापना

पर्यटन समाचार

जेठ ११ , काठमाडौं । कोरोना कहरले पर्यटन क्षेत्रलाई अस्तव्यस्त बनाउदा लाखौं मानिसहरु प्रभावित भएका छन्। पर्यटन क्षेत्रमा रहेर काम गर्ने श्रमिकहरुको दैनिकीलाई सहज बनाउनको लागि ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन नेपाल (टान) ले फुड बैंकको स्थापना गरेको छ ।

चोलेन्द्र बहादुर कार्कीको संयोजकत्वमा ७ जना रहने गरि उपसमिति गठन भएको छ । पर्वतीय पर्यटनको छाता संगठन टानले कोरोना महामारीका कारण समस्यामा रहेका मजदुरको सहायताको लागी फुड बैंकको सुरुवात गरेको हो ।

करिब २ हजार ट्रेकिङ कम्पनीका एक / एक मजदुरलाई प्याकेज बनाई आवश्यक सामग्री प्रदान गरिने उपसमितिका सदस्य गोविन्द पन्तले जानकारी दिए। कोरोनाले पर्यटन क्षेत्रलाई अस्तव्यस्त बनाएको र काम गर्ने मजदुरको अवस्था दयनिय बनेको अवस्थालाई मध्यनजर गर्दै फुड बैंकको सुरुवात गरिएको पन्तले बताए।

कम्पनीको सिफारिसमा खाद्यान्न सामाग्री र अति आवश्यक सामग्री हस्तान्तरण गर्ने योजना रहेको टानका प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्कीले बताए। हाल सहयोग संकलन गर्ने कार्य भइरहेको समेत कार्कीले बताए।

महामारीका बीच सबैको हातेमालो बाट नै कोरोना बाट जीत हासिल गर्नुपर्ने कुराको हेक्का गर्दै धेरै पर्यटन व्यवसायी साथीहरुले सहयोगको हात अघि बढाउनु भएको छ , छिट्टै नै फुड बैंकको कार्य अघि बढ्ने गोविन्द पन्तले जानकारी गराए ।

यस घडीमा सकेको सबैले सहयोग गर्न र समस्यमा परेका मजदुरको दैनिकीमा सहजता दिलाउन, सँगै मजदुरलाई पलायन हुनबाट जोगाउन टानका अध्यक्ष खुम वहादुर सुबेदीले आग्रह गर्नुभयो ।

सहयोग गर्न इच्छुकहरुले टान फुड बैंक व्यवस्थापनका उपसमितिका सदस्यज्युहरु लाई सम्पर्क गर्न पनि टानले आग्रह गरेको छ। साथै टानकै बैंक खाता मार्फत सहयोगको लागि पनि टानले अपिल गरेको छ।

Name of A/c :- Trekking Agencies Association of Nepal (TAAN)
Number of A/c :-015900000109524
Name of Bank :- Bank of Kathmandu