एमालेले वोलायो स्थायी कमिटी बैठक, मन्त्रिपरिषद् वैठक पनि बस्दै

Headlines समाचार

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो २ बजे बोलाइएको एमाले स्थायी समिति बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक दिउँसो दुई बजे बस्दैछ । उक्त बैठक लगत्तै मन्त्रिपरिषद् बैठक पनि बस्न लागेको हो ।

मन्त्रिपरिषद् बैठक नियमित भएको र केही मन्त्रालयगत कार्यसूचीमाथि छलफल हुने बताइएको छ । एक मन्त्रीका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकले सदन आह्वानको सिफारिस गर्ने सम्भावना रहेको छ ।