लमजुङ केन्द्र बिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प

Headlines समाचार

काठमाडौँ — बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।