गोरखाका एक कोरोना संक्रमित शिक्षकको उपचारका क्रममा मृत्युु

समाचार

४ जेठ, गोरखा । गोरखाका एक कोरोना संक्रमित शिक्षकको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ।

सिरानचोक वडा नम्वर ५ घर भई गोरखा सदरमुकाममा बस्दै आएका ३८ वर्षका पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

उनको गएराति ११ वजे मृत्यु भएको हो । उनी शहिद लखन गाउँपालिकाको एक विद्यालयमा शिक्षकको रूपमा कार्यरत थिए।

गोरखा नगरपालिकाले स्वाब संकलन गरि परिक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।