शहिद लखनको निर्णय : कोरोनाबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग (थप निर्णयहरु)

पालिका बिशेष समाचार

३ जेठ, गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाले कोभिड १९ पोजेटिभ भई मृत्यु भएका व्यक्तिहरुको काज किरिया लगायतका सामाजिक संस्कार गर्नको निमित्त निजको परिवारलाई प्रति मृतक रु. २५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। साथै पालिकामा संचालित आइसोलेसनलाइ पनि थप ब्यबस्थित गर्दै लैजाने निर्णय पनि गरेको छ। गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा बसेको जुम बैठक बाट सो निर्णय गरेको पालिकाका प्रशासकीय अधिकृत जीवन बहादुर आलेले बताएका छन्।

हाल कोभिड १९ संक्रमणको दर उच्च रहेको स्थितिलाई मध्यनजर गरी गोरखा जिल्ला भरी निशेधाज्ञा जारी गरिएको अवस्थामा यस गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा समेत संक्रमितहरुको संख्या बढिरहेकोले उक्त संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि यस गाउँपालिका भित्र कार्यालय भई संचालनमा रहेका बैंक, लघुवित्त, सहकारी लगायत सबै बित्तिय संस्थाहरुमा भौतिक रुपमा उपस्थित भई गरिने सबै प्रकारका कारोबार तथा सेवा बन्द गर्ने र उक्त अवधिमा एटिएम् सेवा भने सुचारु गर्न सम्बन्धित बित्तिय संस्थाहरुलाई अनुरोध गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ।

अधिकृत आलेका अनुसार, विभिन्न जाति समुदायले परम्परागत रुपमा गर्ने देवाली लगायतका सामाजिक संस्कारहरु तत्कालको निम्ति स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको बताएका छन्।

साथै, होम आइसोलेशन र क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा सकारात्मक सोचको विकास गरी मनोबल उच्च कायम गराउनका लागि घरदैलोमा गई मनोसामाजिक परामर्श प्रदान गर्ने निर्णय गरियो। मनोसामाजिक परामर्श प्रदान गर्नका लागि सम्बन्धित वडाको जनप्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी, सम्बन्धित टोल वा छिमेकका शिक्षक शिक्षिकाहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुको परिचालन गर्ने निर्णय गरियो, उनले भने।

आज भएका निर्णयहरु :