प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, अध्यादेश ल्याउने तयारी

Top Post समाचार

३ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ मन्त्रिपरिषद् बैठक डाकेको छन् ।

सोमबारको बैठकमा कोरोना उपचार सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरीदसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने विषयमा पनि छलफल हुने बुझिएको छ।

स्वास्थ्य सामग्री खरिदमा लाग्ने समय र ल्याउने देश तथा निषेधाज्ञा लगायतका कानुनी व्यवस्थामा परिमार्जन गरेर अध्यादेश ल्याउन लागिएको बताइएको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठेकाे थियाे । कोभिडसम्बन्धि कानुन संशोधन गर्नका लागि ‘फास्ट ट्रयाक’ बाट भए पनि अध्यादेश ल्याउने तयारी भइरहेको बताइएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) नै अध्यादेश जारी गर्ने र राजपत्रमा प्रकाशित गरेर लागु गर्ने तयारी भएको स्रोतको दाबी छ । हाल संक्रामक रोग ऐन, २०२० कार्यान्वयनमा रहेको छ । यो ऐनमा अहिलेको महामारी नियन्त्रणका लागि पर्याप्त व्यवस्था नभएकाले अध्यादेश ल्याउन लागिएको हो ।