पिसिआरको रिपोर्ट कुर्दाकुर्दै गोरखामा १ जनाको मृत्यु

पालिका बिशेष समाचार

३१ वैशाख, गोरखा । गोरखाको आँँपपिपल अस्पतालमा एक पुरुषको मृत्यू भएको छ । पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षिय रामचन्द्र बस्नेतको आज दिउँसो २ बजेर ४० मिनेटमा मृत्यू भएको पालुङटार नगरपालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए ।

छिमेकमा कोरोना संक्रमण देखिएपछि उनको बैशाख २७ गते स्वाब लिइएको थियो । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई दुई बजे आँपपिपल अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका बस्नेतलाई केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।