२० वैशाख, काठमाडौं । नेपालमा हरेक दिन रेकर्ड संख्यामा कोरोना संक्रमित भेटिरहेका छ । आइतबार ७ हजार २११ जना संक्रमित फेला परेकोमा सोमबार अहिलेसम्मकै धेरै ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।