१ चैत, गोरखा । गोरखाको शहिद लखन गाँउपालिका वडा ७ खाब्दि भन्ज्याङमा ४५ दिने मोबाईल मर्मत तालिम कार्यक्रम सम्पन्न भएको छ ।
घरेलु तथा साना उधोग कार्यालय गोरखाको आयोजनामा सम्पन्न तालिममा गाँउपालिकाका वडा नं. ६, ७, ८, र ९ का गरी २० जना युवाहरुको सहभागी रहेको थियो ।
युवाहरुलाई गाँउमै सिप सिकाएर स्वरोजगार बनाउने उदेश्यले ४५ दिने मोबाईल मर्मत तालिम सिकाएको शहिद लखन गाँउपालिकाका वडा नं.७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
स्थानिय स्तरमै सिप सिकाउदाँ युवाहरुको क्षमता वृद्धि हुनुको साथै विदेश जानु पर्ने बाध्यता सिर्जना हुन नदिनका लागी तालिम दिइएको अध्यक्ष श्रेष्ठले बताए ।
गत माघ २ गते देखी सञ्चालन तालिममा कालीका मोबाईल मर्मत तथा बिक्रि केन्द्र गोरखाका प्रोपाईटर दिनेश दानिले सहजीकरण गरेका थिए ।
घरेलु तथा सान उधोग कार्यलय गोरखाका अध्यक्ष दिनेश पौडेलको अध्यक्षतामा आज सम्पन्न कार्यक्रममा शहिदलखन गाँउपालिका वडा नं. ८ का वडाध्यक्ष काशिनाथ अंगाई, वडा नं.७ का वडाध्यक्ष शरण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए।
 
	 
						 
						