माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

राजनीति समाचार

२५ फागुन, काठमाडौं । आइतबार सर्वोच्व अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिउँझाइदिएपछि पहिलो पटक माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्न बस्दैछ ।

माओवादी केन्द्रका नेताका अनुसार सोमबार दिउँसो स्थायी समितिको बैठक बस्न लागेको हो ।

बैठकले सत्ता समिकरण र पार्टी संरचनाका लागी कार्यक्रमहरु तय गर्ने बताइएको छ । बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।