गोरखाको सहिद लखन गाउंपालिका वुंकोटमा निशुल्क दन्त शिविर सम्पन्न

पालिका बिशेष समाचार स्वास्थ्य

२२ फागुन, गोरखा। गोरखाको शहिद लखन गाउपालीका वडा-७ बुङकोटको समन्वय, लायन्स क्लब अफ आँबुखैरेनी सिटीको आयोजना तथा ओम बिराज डेण्टल केयर गोरखाको प्राबिधिक सहयोगमा बुङकोट स्वास्थ्य चौकीमा १ दिने नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ।

यस कार्यक्रम लायन्स क्लब अफ आँबुखैरेनी सिटीको अध्यक्ष शिब खनालको अध्यक्षता, गाउपालीका अध्यक्ष रमेश थापाको प्रमुख आतिथ्यता, बिशेष अतिथि उपाध्यक्ष ईन्दिरा तिवारी तथा अतिथीहरु वडा-७ वडा अध्यक्ष शरण श्रेष्ठ, वडा-८ वडा अध्यक्ष काशिनाथ अंगाई, वडा ७/८ वडा सदस्यहरु र डा.ओसिन थापा, ओम बिराट डेण्टल केयर गोरखाका सन्जय अधिकारी लगाएत ५ जना प्राबिधिक टिम, लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ B1 का रिजन चियर पर्सन सुरेन्द्र कुमार श्रेष्ठ, राजनितीक दलका प्रतिनिधि, बुङकोट स्वाथ्य चौकीको स्वास्थ्यकर्मि, लायन्स क्लबका पदाधिकारी एवम सदस्य, स्थानीय समाजसेबी,बुदिजिवीहरुको उपस्थिती रहेको थियो।

दन्त शिविरवाट सहिद लखन गाउँ पालिका वडा ७ र ८ का स्थानियहरूले लाभ लिएका छन्। गाउंपालिका अध्यक्ष रमेश थापाका अनुसार दन्त शिविरले जनताहरूलाई प्रत्यक्ष फाईदा पुगेको र दांतको समेत ख्याल गर्ने वानीको विकासमा मद्दत पुगेको वताएका छन् । वडा ७ का अध्यक्ष शरण श्रेष्ठका अनुसार दन्त शिविरमा मानिसहरूको उल्लेख्य उपस्थिति रहेको वताएका छन्।