फर्जी कागजात पेश गरि भुकम्प लाभग्राही सूचीमा नाम लेखाउने माथि कारवाहि गरेरै छाड्छौं : अध्यक्ष थापा

पालिका बिशेष समाचार

१८ फागुन, गोरखा । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चौकी भवन देखाएर भूकम्प लाभग्राही सूचीमा नाम लेखाउने ज्ञान प्रसाद सँग्रौला माथि छानविन गरी कारवाही हुने भएको छ ।

गाउँपालिका अध्यक्ष रमेश थापा मगरले फर्जी कागजात तयार गरी भूकम्प लाभग्राही सूचीमा नाम राख्ने ज्ञान प्रसाद सँग्रौला माथि छानविन गरी कारवाही हुने बताएका छन्। अनियमितता माथि प्रोत्साहन हुने खालको कदम माथि छानविन गरि कारवाहि गरिछाड्ने थापाले वताए।

सोमबार देखि गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीको नाम जोडेर विभिन्न सञ्चार माध्यमले समाचार प्रकाशन गरेका थिए । ज्ञान प्रसाद सँग्रौला नाताले उपाध्यक्ष तिवारीको भाइ पर्छन् ।

साथै, अध्यक्ष थापाले गाउँपालिका उपाध्यक्ष माथि लगाइएका आरोपहरुमा सत्यता नभएको पनि बताएका छन् ।