गित मार्फत प्रधानमन्त्री र राष्ट्रपतिलाई श्रि ३ राजा रानीको उपमा

भिडियो मनोरन्जन

११ फागुन, काठमाडौँ। कर्मथलो जापान रहेका, बाग्लुङका यदुराम सापकोटाले,वली सरकारको पछिल्लो कदम र बिगत ३ बर्ष देखी वली सरकारका मन्त्रीहरु मुछिएका ठुला भ्रष्टचारका कान्डहरु समाबेश गर्दै आक्रामक शैलीको गित बजारमा ल्याएका छन्!उक्त गित नाम चलेका कलाकारहरुलाई गाउन आग्रह गरिएपनि धेरैले गाउन नमानेको सापकोटा बताउछन्।

गितमा शब्द र लय स्वयम यदुराम सापकोटाको भएपनि गित कसले गाएको हो भनेर नाम खुलाईएको छैन,कलकारहरुले नै सरकारको तानाशाही प्रबृती सँग डर मानेको कारण गित गएपनि नाम नराख्न आग्रह गरेकोले सम्पुर्ण जोखीम आफु उठाउन तयार रहेको भन्दै यदुराम सापकोटाले नै जापान मार्फत आफ्नै युटुब च्यानलबाट गित बजारमा ल्याएका हुन् ।

गितमा,झापाली राजा,साईबर स्याल,अरिङ्गाल,प्रतिगमन मुर्दाबाद,बालुवाटर खानी सुकुम्बासी,७० करोड खानी,देश लुटेर खानी,देश बेचेर खानी,वाईडबडी जहाज खानी,संविधान खानी नयाँ राजारानी जस्ता आक्रामक शब्दहरुको प्रयोग भएका छन्।यो गित कुनै ब्यबसायीक उदेश्य भन्दा पनि बर्तमान सरकारको तानाशाही बाटो,असंवैधानिक र प्रतिगामी कदमको बिरुध्द तयार गरिएको गित मार्फत को आन्दोलन नै रहेकाले,आन्दोलनमा प्रयोग भएका शब्दहरुले सरकारले कलकारलाई त्रसाउने भन्दापनि आफ्नो प्रतिगामी कदम सच्याउने यदुराम सापकोटा बताउछन।

गित को भिडियो हेर्नुहोस।