नेतृ रामकुमारी झांक्रि रिहा भईन्

Headlines राजनीति समाचार

२९ माघ, काठमाडौं । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा भएकी छिन् । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी उनी करिव ५ घण्टा पछि आजै साँझ रिहा भएकी हुन् ।

महानगरीय अपराध महाशाखाका अनुसार रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको हो ।

राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान पक्राउ गरेको थियो ।

उनलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ । प्रचण्ड माधव समूहका नेता योगेश भट्टराईका अनुसार उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो ।

झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताएकी थिइन् । उनी पक्राउ परेको विरोधमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन समेत गरेका थिए ।