पृथ्वीनारायण शाह र पुर्खाकाे याेगदानले बनेकाे देश र राजधानी काठमाडौंलाई पर्यटनकाे केन्द्र बनाऊँ : युबराज बस्ताकाेटी

बिचार

पृथ्वीनारायण शाह विशाल नेपाल एकीकरण महाअभियानका निर्माण कर्ता हुन् । उनकाे ५२ बर्ष उमेरकाे जीवनकालमा अाजकाे नेपाल बाईसे , तेईसे तथा उपत्यकाका साना साना रजाैटाहरुमा बिभक्त थिए । तिनै रजाैटा मध्ये थियाे गाेरखा राज्य । त्यहि राज्यका राजा पृथ्वीनारायण शाहकाे नेतृत्वमा त्यहाँका पाण्डे , जैसि , मगर , नगर्चि , थावा, कुवँर,वस्नेत, ब्राम्हाण , मुसलमान,कुमाल सबै जनता तथा हाम्रा पुर्खाकाे बलिदानले याे विशाल नेपाल निर्माण सफल बाटाेमा गएकाे थियाे । पृथ्वीनारायण शाहले जब काठमाडौंका राज्य जिते तब यहाँको धर्म , संस्कृति र परम्पराकाे सम्मान गर्दै यहिँकाे विधि अनुसार शासन सञ्चालन गर्न थाले कान्तिपुर ( काठमाडौं ) बाट नै ।

उनले गाेरखालाई राजद्यानी मुकाम गरेर काठमाडौंलाई सहायक राजद्यानी बनाउन पनि सक्थे । त्यसाे गरेनन् गाेरखालाई एउटा गाउँमा सिमित छाडेरै भए पनि काठमाडौं एकीकृत नेपालकाे राजद्यानी बन्याे जुन एउटा महान त्याग र समर्पण थियाे । उनकाे इच्छा त यसलाई एउटा साँस्कृतिक राजद्यानी बनाएर बिश्वकाे अाकर्षण केन्द्र बनाउने पनि हुन सक्थ्यो । बागमतीमा याे ढाइ सय बर्षमा धेरै पानी बग्याे । काठमाडौंमा १००० भन्दा बढि मन्दिर , असंख्य मठ तथा स्तुपाहरु किन बने हाेलान् । यहाँका ढुङ्गे धारा, पुराना कलाकाैशलले भरिएका दरवार तथा सिंगाे नेवार संस्कृति माथि अहिले भईरहेकाे अतिक्रमण पृथ्वीनारायण शाहले कल्पना गरेका पक्का थिएनन् ।

विश्वका अन्वेषकहरु काठमाडौं उत्रनु जरुरी छ यहाँको पुरानाे सभ्यताकाे खाेजी जरुरी छ । उपत्यकाको वरिपरि रहेका डाँडाकाँडा र त्यहाँका स्थानीय तामाङ समुदाय र भाषा संस्कृतिको रक्षा गर्न ढिला भई सकेकाे छ । अहिलेकाे बिश्वले अाफ्नाे पहिचानलाई जाेगाएर राख्न प्रयासरत छन् हामी भने अाधुनिकताकाे नाममा अाफुलाई बेचिरहेका त छैनौं ? प्रश्नहरु उब्जिएका छन् । यसका लागि अहिलेकाे समयमा गम्भीर र भविष्यकाे पुस्ताकाे रक्षाका लागि निर्णय गर्नु जरुरी छ । पाैष २७ गते पृथ्वीनारायण शाहकाे जन्म दिवश तथा राष्ट्रिय एकता दिवशका रुपमा मनाईने गरिन्छ यद्यपि संघिय सरकार यस प्रति असहिष्णु हुन थालेकाे छ ।

काठमाडौंलाई नेपालकाे प्रशासनिक राजद्यानी बनाउनु नेवा तथा तामाङ संस्कृति माथिकाे नजर अन्दाज मात्र हुनेछ । यसलाई धार्मिक साँस्कृतिक पर्यटन महाकेन्द्रकाे रुपमा बिकास गर्न यहाँका प्रशासनिक केन्द्रहरु हटाउनु जरुरी छ । प्रति बर्ष बिश्वका ३० लाख पर्यटक याे उपत्यकामा भित्र्याउन सकिने गरि विश्व पर्यटन केन्द्र घाेषणा गरेर काम अगाडि बढाअाेस् सरकारले । केही बर्षमा यहाँ नेपाल बनाउने बिदेशी मुद्रा अाम्दानीकाे केन्द्र बन्न सक्छ । त्याे नै पृथ्वीनारायण शाह प्रतिकाे सच्चा स्मरण र श्रद्धा हुनेछ ।