नयां वर्षको अवसरमा क्लव एलओडिमा दिपक संगै झुमे फ्यानहरू

मनोरन्जन समाचार

१८ पुस, काठमाडौं । अंग्रेजी नयां वर्ष विशेष उत्साहका साथ विश्वभर मनाइएको छ। कोरोना कहरको प्रवाह नगरि नयाँ वर्षलाई धुमधाम संग नेपाली तथा अन्य देशका नागरिकहरूले स्वागत गरेका छन्।

विशेषगरी नेपालको ठमेल, लाजिम्पाट, झम्सिखेल र पोखराहरूमा युवायुवतिहरूको उल्लेख्य सहभागिता थियो। प्रहरी प्रशासनले कोरोनाको कारण देखाउंदै भिड नियन्त्रण गर्न खोजेपनि सफल भएको देखिएन। विदेशिहरू सडकमा नदेखिए पनि नेपालीहरू व्यापक रूपमा नयाँ वर्ष मनाईरहेका थिए।

ठमेलका क्लवहरू भरिभराउ थिए र लामो समय घरभित्र थुनिएका नेपालीहरू मा नयां वर्षले उमंग थपिरहेको थियो। एलओडि क्लवका संचालक रविन श्रेष्ठका अनुसार नयां वर्षकै दिन पनि नेपालीहरू खुलेरै क्लव लाउन्जहरूमा रमाईलो गरिरहेका थिए।

श्रेष्ठका अनुसार मापदण्ड पालना गरेरै क्लव संचालन गरेको दावी गरे।
गायक दिपक वज्राचार्य ले नयाँ वर्षको दिनमा सयौं नेपालीहरूलाई क्लव एलओडिमा मनोरन्जन गराएका थिए। कस्ले देला मन र अन्य प्रख्यात गित गाएर सोही रात क्लव एलओडि तताएका थिए।

कोरोना तथा लकडाउनले थुनिएर वसेका नेपालीहरू बिस्तारै ठमेल तथा अन्य ठाउंमा गएर रमाइलो गर्न थालेका छन् तथापि प्रशासन भने कडाई गर्न खोजेको छ । ठमेलका व्यवसायी हरू भने प्रशासनले कडाई नगरि व्यवसाय सहज रूपमा संचालन गर्न पाउनु पर्ने माग गरिरहेका छन्।