१८ पुस, वारा। कारको ठक्करबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा-जितपुर खण्डमा पाटेबाघको मृत्यु भएको छ।
जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा१६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो।
बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको हो।