चन्द्रागिरीको हिल्सको आईपीओ सर्वसाधारणलाई पुस २४ देखि खुल्ने

अर्थ

१८ पुस, काठमाडौं । चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ अब सर्वसाधारणका लागि जारी हुने भएको छ । यसअघि आयोजना क्षेत्रका प्रभावित एवं स्थानीयबासीका लागि यसअघि नै जारी भइसकेको सो सेयर अव सर्वसाधारणका लागि खुला हुन लागेको हो ।

चन्द्रागिरीले शुक्रबार आह्वानपत्र प्रकाशन गदै सर्वसाधारणले उक्त सेयर पुस २४ गतेदेखि २८ गतेसम्म भर्न सकिने जनाएको छ । चन्द्रागिरीले चुक्ता पुँजीको १० प्रतिशतले हुने १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयर जारी गर्न लागेको हो । यसअघि स्थानीयवासीका लागि २ प्रतिशत सेयर बिक्री गरिसकेको छ ।