सहमति पछि बाल अधिकार परिषदमा लगाईएकोे ताला खोेलियो

समाचार

१२ पुस, काठमाडौं। बालअधिकारकर्मीले राष्ट्रिय बाल अधिकार परिषद्‍मा लगाएको ताला खुलेको छ। राष्ट्रिय बालअधिकार परिषद् र बाल अधिकारका लागि लागि राष्ट्रिय अभियान बिच ६ बुदे सहमति भएको छ।

बाल अधिकारकर्मी सोनी भट्टराईले विभिन्न माग राख्दै परिषद्‍मा आज ताला लगाएको र माग पूरा भएपछि ताला खोलेको जानकारि दिईन्।

उनले भनिन्, “२०७५ सालमा जारी भएको नयाँ ऐनअन्तर्गत नयाँ नियमावली आउनुपर्ने लगायतका माग राखेका थियौँ र सोही अनुरूप विभिन्न ६ वुंदामा सहमति भएको जनाईन।

अधिकारकर्मीले योसहित बालबालिकासम्बन्धी ऐन २०७५ को संशोधनको पक्षमा परिषद्को आधिकारिक धारणा आउनुपर्ने माग समेत राखेको थियो।

यसैगरि, अन्तरदेशीय धर्मसन्तानका नाममा नेपाली बालबालिकाहरूको बेचबिखन बन्द गरिनुपर्ने, सडक बालबालिकाहरुको उद्धार र व्यवस्थापनका निम्ती १०४ को व्यवस्थापनका लागि गुरुयोजना बनाई तत्काल लागू गर्ने माग राखिएको थियो।

साथै, प्रत्येक प्रदेशमा हिंसापीडित बालबालिकाहरूको न्यायिक उपचार तथा संरक्षणका लागि एक सरकारी पुनर्स्थापना केन्द्र स्थापना गरिनुपर्ने आफूहरूको माग रहेको भट्टराईले जानकारी दिइन्।