एजेन्सी । संयूक्त अधिराज्यको ‘मास्टरशेफ यूके’मा सहभागी नेपाली शेफ सन्तोष शाह उत्कृष्ट तीनमै सिमित भएका छन्।
बिबिसी नेपाली सेवाका अनुसार उपाधिबाट विमूख भएका सन्तोषले जित हात नपरेपनि विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको प्रतिक्रिया दिएका छन्।
शाहले अन्तिम प्रतिस्पर्धामा सोचेजस्तो खाना पस्कन नसकेको बताए।
मास्टरशेफ यूके’को उपाधि यूकेका २५ वर्षीय एलेक्स वेबले जितेका छन्।