रंगपत्रकारिता पुरस्कार वाट पत्रकार गिरी सम्मानित हुंदै

मनोरन्जन

काठमाडौँ । कोरोना महामारीका कारण रोकिएका सांगीतिक गतिबिधिहरु विस्तारै चलायमान हुने क्रममा छन् । नेपालमा चैतबाट कोरोनाले गाँज्न सुरु गरेसँगै हरेक क्षेत्र चौपट बन्दै गइरहेका बेला अहिले विस्तारै कोरोनाबाट प्रभावित भएका क्षेत्रहरुको गतिबिधि बढ्न थालेका छन् ।

कोरोनाकै कारण रोकिएको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०” को संस्करण यहि पुष ११ गते शनिबार राजधानीमा आयोजना गर्ने तयारी गरिएको छ । गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो ।

कार्यक्रममा राष्ट्रियभाव, गजल, पप, आधुनिक, लोकदोहोरी लगायत विभिन्न भाषा–भाषी गरी जम्मा ५१ विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक कमला जोशीका अनुसार निर्णायकको मत र भोटिङ पद्धतिवाट उत्कृष्ट गीत, श्रष्टा एवं सर्जकहरुलाई छनोट गरिने र उत्कृष्टमा परेका श्रृजना, सर्जक एवं श्रष्टाहरुलाई अवार्ड प्रदान गरिनेछ ।

ग्लोवल अनलाईन पेको वेवसाईटमा गएर पौष १० गते सम्म आफुलाई मनपरेका कलाकार एवं श्रृजनालाई भोटगर्ने ब्यबस्था गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले बताए । अध्यक्ष खरेलका अनुसार कार्यक्रममा रातोपाटीकर्मी एवं रंगपत्रकार कुबेर गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिदैछ । त्यस्तै नवक्षितिज साप्ताहिक काभ्रेका पत्रकार नवराज बजगाईलाई यूवा पत्रकारिता सम्मान प्रदान गरिनेछ ।