स्वास्थ्य प्रति सचेत रहंदै क्लव छिट्टै संचालन गर्छौं : रविन श्रेष्ठ

मनोरन्जन समाचार

११ मंसिर, काठमाडौं । कोरोना महामारीका कारण लामो समय बन्द भएको काठमाडौंको ठमेल स्थित “एलओडि” क्लव पुनः सञ्चालनमा आउने भएको छ।

कोरोना महामारी र लामो बन्दाबन्दीका कारण बन्द रहेको क्लव शुक्रवार देखि पुनः सञ्चालनमा आउने भएको हो। थप व्यवस्थित तवरले व्यवसाय संचालन गर्नको लागि पनि शुक्रवार नै व्यवसायी विच वैठक वस्ने क्लवका संचालक रविन श्रेष्ठले वताए।

नेपालकै ठूलो र भव्य मानिने एलओडि क्लवले सयौंलाई रोजगारी प्रदान गरेको थियो । क्लवका संचालक रविन श्रेष्ठका अनुसार, क्लव पुन संचालनमा आउने भएपछि घरभित्र सिमित मानिसहरू उत्साहित देखिएका छन् ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरुपले पालना गर्दै क्लव पुनः सञ्चालनमा ल्याउन लागेको बताए।

‘कोरोना भाइरसको जोखिमबीच सुरक्षा सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न प्रतिवद्द छौं,’ श्रेष्ठले भने। ग्राहकको स्वास्थ्यप्रति सचेत रहेको बताउँदै श्रेष्ठले सुरक्षाका सबै मापदण्ड पूरा गरी क्लव संचालन गरिने जानकारी दिए।

हजारको संख्याको क्षमता रहेको एलओडि क्लवलाई धेरैले रूचाएका छन्। दक्ष र अनुभवि संचालकद्वारा संचालन भएको क्लवलाई पछिल्लो समयमा युवा पुस्ताले निकै मन पराएका थिए।