के अब वामदेव मन्त्री बन्लान् ?

Headlines राजनीति समाचार

२७ कार्तिक, काठमाडौं । सर्वोच्चमा वामदेवको राष्ट्रिय सभा सदस्य मनोनयनविरुद्ध परेको रिट खारेज भएसँगै अब उनलाई मन्त्री बन्न कुनै संवैधानिक रोक लाग्नेछैन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्ति प्रधानमन्त्री बन्न नपाउने संविधानमा उल्लेख भए पनि गौतमलाई मन्त्री बन्ने बाटो भने खुला भएको छ ।

उपप्रधानमन्त्रीसहित रक्षामन्त्री वामदेवलाई बनाइए हाल नेकपाभित्र रहेको विवादको हल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि मन्त्रिपरिषद् पुनर्गठन गरे पनि रक्षामन्त्रीको जिम्मेवारीबाट ईश्वर पोखरेललाई हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् हेर्ने गरी राखेका छन् । रक्षामन्त्री तत्कालका लागि प्रधानमन्त्रीले राख्ने र पछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरेर राखेका हुन् । उपप्रधानमन्त्रीसहित रक्षामन्त्री वामदेवलाई बनाइए हाल नेकपाभित्र रहेको विवादको हल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना देखिएको छ ।

नौ कक्षा पढेपछि स्कुल छाडेका थिए तेजस्वी यादवले
यसअघि सर्वोच्चमा गौतमविरुद्धको मुद्दा विचाराधीन रहेकाले मन्त्री बन्न पाएनन् । सर्वोच्चको संवैधानिक इजलासले गौतमको मनोनयनको विषयमा संवैधानिक प्रश्न उठेको विषयमा व्याख्या भई सर्वोच्चले प्रारम्भिक चरणको सुनुवाइमा गरेको अन्तरिम आदेश खारेजी भइसकेको छ ।

पार्टीभित्रको आन्तरिक कलह मिलाउन र आफ्नो पक्षमा ल्याउन पनि प्रधानमन्त्री ओलीले मन्त्री बनाउन सक्नेछन् । सर्वोच्चको संवैधानिक इजलासमा पुगेर हेर्दा हेर्दैको सूचीमा राखेर रोकिएको मुद्दाको सुनुवाइ भएर गौतमको पक्षमा आदेश आउनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । आजको राजधानी दैनिकमा निराजन पौडेलले समाचार लेखेका छन्।