२६ कार्तिक, वालिङ। एल आई सी नेपालले ३७ बर्षको उमेरमै असामयिक निधन भएका वालिङ-०७ बस्ने स्व. भिम बहादुर सोतीको परिवारलाई मृत्युदाबी बाफतको रु. ५,९६,५००/- बराबरको चेक हस्तान्तरण गरेको छ । उनको गत फागुन १२ गते आफ्नै निवासमा असामयिक निधन भएको थियो ।
स्व. भीम बहादुर सोतीको श्रीमती कृष्णा कुमारी राना (सोती) लाई बुधबार उनकै घरमा पुगेर एल आई सी नेपाल वालिङ शाखाका शाखा प्रमुख नरेन्द्र विष्ट, एजेन्सी मेनेजर रुक बहादुर गुरुङ अभिकर्ताहरु सागर गुरुङ, औ बहादुर गुरुङ, लोक बहादुर सारु र मोहन गुरुङ लगायतको टोलीले उक्त रकम बराबर को चेक एक कार्यक्रम बीच हस्तान्तरण गरेका हुन् ।
स्व. सोती ले विगत तीन वर्ष पहिले एल आई सी नेपालको वालिङ शाखाबाट रु ५,००,०००/- को जीवन बिमा अभिकर्ता मोहन गुरुङ मार्फत गराएका थिए ।