२२ कार्तिक, काठमाडौं । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषदको दोस्रो महाधिवेशन सकिएको ३ हप्ता भित्र पदाधिकारी पदले पुर्णता पाएको छ। युवा व्यवसायी विनय अधिकारी को नेतृत्वमा यहि अक्टोबर १७ तारिखका दिन जुम प्रविधिको माध्यमबाट नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे हो।
ग्लोबल गोरखा समाजको कार्यसमितिको बैठक बाट सचिव पदमा दुई नयाँ अनुहार प्रवासमा रहेर पनि सामाजिक क्षेत्रमा, दिन दुखिहरुको सेवामा काम गरि रहेका व्यक्तीहरु सचिव पदमा मनोनित भएका छन् ।
मनोनित हुनेहरुमा जापान बाट गोरखा समाज जापानका सचिव,गोरखा समाज जापानमा रहेर आफुलाई समाज सेवामा अब्बल राख्न सफल, सामाजिक व्यक्तीत्व, सिन्गो देश र गोरखाको पक्षमा विभिन्न माध्यमबाट आवाज बुलन्द गर्ने, दिन दुखिहरुको सेवामा आफु लाई समर्पित गराई रहनु भएका गण्डकी गाँऊपालिका निवासी विराट बाबु खनाल, गोरखा समाज युके बाट NRNA UK को सह-कोषाध्यक्ष, कोमल मनकी धनी, दिन दुखिहरुको सेवामा आफु लाई समर्पित गराई रहेकी सकुन्तला गुरुङ( सिरानचोक गाँऊपालिका) सचिव पदमा मनोनित भएका छन् साथैै उनलाई महिला विभागको जिम्मेवारी पनि दिईएको छ।
साथै कार्य समितीले आज नै सचिव पदमा मनोनित हुनु भएका विराट बाबु खनाल लाई “आचरण तथा अनुशासन” विभागको संयोजक पदमा पनि ज़िम्मेवारी दिएको छ ।
सचिव पदमा मनोनित हुनु भएकाहरु लाई ग्लोबल गोरखा समाजको तर्फबाट अध्यक्ष विनय अधिकारी, ऊपाध्यक्ष गोकर्ण ढकाल र कोषाध्यक्ष आकाश बन्जराले हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना पनि सामाजिक संजालमा जोडिएर दिनु भएको छ।
सचिव द्वयले कार्य समितीका साथीहरुले गर्नु भएको विश्वास,माया र शुभेच्छा लाई दिन दुखिको सेवामा थप समर्पित भएर संस्थाको हितमा काम गर्ने वचन बद्दता पनि व्यक्त गर्नु भएको छ।