३० असोज, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ । ‘मायाले मलाई बोलायो’ गीतमा अभिनेता सलोन बस्नेत र गायिका दाहालको अभिनय रहेको छ ।
अभिनेता बस्नेतको प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’ बाट निर्माण भएको म्युजिक भिडिया सलोन र स्मिता दुलाहा र दुलही बनेका छन् । गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ ।