गगन थापा सहित कांग्रेसका ७० जनालाई कोरोना पुष्टि

Top Post समाचार

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहित ७० जना नेतालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार साँझ उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो ।

सोमबारको केन्द्रीय समिति बैठक बस्नुअघि केन्द्रीय कार्यालयका सुरक्षाकर्मी र कर्मचारी सहित २७० जनामा गरिएको कोरोना परीक्षणामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी सार्वजनिक भएको छ ।