lockdown_kathmandu

काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण

Top Post समाचार

९ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ६४५ कोरोना सङ्क्रमितको थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ५०३, ललितपुरका ९१ तथा भक्तपुरका ५१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

यसैगरी उत्यकामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।