lockdown

उपत्यकामा ७५५ नयाँ संक्रमित थपिए, ६ जनाको निधन

Headlines समाचार

८ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टाभित्रमा ७५५ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित संख्या दिनदिनै थपिँदै गएसँगै कोरोना संक्रमण दर वृद्धि भएको देखिन्छ । मुलुकभरको भन्दा उपत्यकामा नयाँ संक्रमितको संख्या निकै बढी देखिएको छ । यो संख्या सिंगो देशको भन्दा ५० प्रतिशत बढी हो ।

कोरोना भाइरस संक्रमणका कारण आज पनि काठमाडौं उपत्यकामा २ जना महिला र ४ जना पुरुष गरी ६ जनाको दुःखद निधन भएको छ ।
काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घन्टाभित्र ६०९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तैगरी उपत्यकाकै ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना पुष्टि भएको छ । योसहित आजसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या करिब २० हजार पुगेको छ ।