lockdown_kathmandu

काठमाडौं उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना संक्रमण

Top Post समाचार

३१ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६ सय ७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५ सय ५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, मंगलबार नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ। संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट ३ सय ७१ जनाको मृत्यु भएको छ।

प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १ हजार ६२ जना घर फर्किएका छन्।