lockdown

उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार

२६ भाद्र, काठमाडौं । उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै, शुक्रबार नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।