२६ भाद्र, गोरखा । गोरखामा थप ३ जना कोरोनाका संक्रमित पुष्टि भएको छ।
गोरखा नगरपालिका, अजिरकोट र भिमसेन थापा गाउँपालिकामा गरी ३ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
थपिएका ३ मध्ये गोरखा नगरपालिकी ६ का ३३ बर्षिया महिला, अजिरकोटकी ७८ बर्षिय महिला र भिमसेन थापाकी ४३ बर्षिया महिला रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।