२२ भाद्र, गोरखा । गोरखाका ४ वटा सरकारी कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार बिहान जारी गरेको विज्ञप्तीमा गोरखामा १८ जनामा संक्रमण देखिएको पुष्टि गरेको थियो ।
जसमा ४ जना बिभिन्न सरकारी कार्यालयमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ ।
संक्रमित हुनेमा जिल्ला प्रशासन कार्यालय गोरखाका सवारी चालक, जिल्ला हुलाकका एक कर्मचारी, जिल्ला अस्पतालका एक कर्मचारी र राष्ट्रिय अनुसन्धान गोरखामा कार्यरत कर्मचारी रहेका छन ।
यि ४ जना सहित संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका ७ का एकै परिवारका १२ जना रहेका छन ।