यूईएफए नेशन्स लिग फुटबलमा इंग्ल्यान्डको विजयी सुरुवात

खेलकुद

यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले कठीन जीत निकालेको छ। शनिबार भएको खेलमा आयरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो। आयरल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जीत दिलाउन रहिम स्टर्लिङले इन्जुरी समयमा पेनाल्टीमा निर्णायक गोल गरेका हुन्। दुबै टीम १० खेलाडीमा समेटिएको खेलको इन्जुरी समयमै बिर्किरले पेनाल्टीमा गोल गर्न नसक्दा घरेलु टिम स्तब्ध बन्यो।
इंग्ल्यान्डका जोसेप गोमेजले होल्मबेर्ट आरोनलाई आफ्नो डिबक्सभित्र फल गरेपछि आयरल्याण्डले पेनाल्टीको अवसर पाएको थियो।

त्यस अघि खेलको ७१ औं मिनेटमा केली वाल्करले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इंग्ल्यान्ड १० खेलाडीमा समेटिएको थियो। यस्तै ८९ औं मिनेटमा इन्गासन दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा घरेलु टिम समेत अन्तिम समय १० खेलाडीमा समेटिएको थियो। जीतसँगै समूह २ मा इंग्ल्यान्डले ३ अंक जोडेको छ। इंग्ल्यान्ड तालिकाको शीर्ष स्थानाम रहेको छ। नागरिक दैनिक मा खबर छापिएको छ ।