१९ भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।