नेपाली चलचित्र ‘दोषी को ?’ को रोमान्टिक गीत सार्वजनिक (हेर्नुस भिडियो)

भिडियो

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘दोषी को ?’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘परेली बन्द गर’ बोलको गीतमा गायिका अन्जु पन्त र गायक गोपी अधिकारीको स्वर रहेको छ ।

करण फिल्मस प्रोडक्सन तथा निर्माता गोपी अधिकारीको प्रस्तुतीमा निर्माण भएको उक्त चलचित्रको गीतमा माया र प्रेमको सम्वादलाई निकै रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ ।

गोपी अधिकारीको शब्द तथा संगीत सो रहेको यस गीतलाई सन्तोष सुनामले एरेन्ज गरेका छन् ।

करण थापा मगरको लेखन, निमा लामा तामाङको निर्देशन, रमेश रेग्मीको कोरियोग्राफी रहेको चलचित्र ‘दोषी को ?’ मा माया र प्रेमका कयौँ मिलन र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

विश्वास भण्डारीको छायाँकन तथा सम्पादन चलचित्रमामा करण थापा ,मिठठु आले , रमेश रेग्मी, रविना थापा , नेहा गौत्तम , विजय राहु मगर , सुवास नेपाली , सपना लामाको बेजोड अभिनय रहेको छ ।

उक्त चलचित्रमा ५ वटा गीत समावेश गरिएको छ ।

हेर्नुस् गीतको भिडियो :