१४ भाद्र, काठमाडौं । लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि मात्र चलाउने निर्णय गरिएको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको हो ।
यसअघि बसेको मन्त्रिपरिष्द्को बैठकले १५ भदौदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो ।