ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी सिताराम हाछेथुलाई

Headlines समाचार

१४ भाद्र, ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । उनले आइतबारदेखि नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेका ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् । लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर चर्चित थिए । उनलाई अव्वल तथा चर्चित ट्राफिकको रूपमा हेर्ने गरिन्थ्यो ।