युबराज खतिवडा लाइ निरन्तरता दिने चलखेल

Top Post राजनीति

१४ भाद्र, काठमाडौँ। नेकपाको सचिवालय बैठकले छ महिनाअघि राष्ट्रिय सभाको रिक्त सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गर्यो । तर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निर्णय हालसम्म कार्यान्वयन गर्नुभएको छैन ।

अब पनि अर्थमन्त्री युवराज खतिवडालाई नै त्यहाँ पठाउने हो भने वाणिज्य बैंकको अध्यक्ष बनाउन सदस्यमा नियुक्त उपेन्द्र कोइरालाकोभन्दा चर्को बिरोध हुने सम्भावना छ र त्यसको प्रत्यक्ष असर ओली नेतृत्व को सरकारलाई पर्ने देखिन्छ।

त्यहि बिरोधको सुईंको पाएर गौतमलाई बालुवाटारले गुलियो ललिपप देखाउन थालेको बुझिएको छ। आश्वासनमा ‘पछिल्लो सहमतिपश्चात् प्रधानमन्त्रीलाई पार्टीको जिम्मेवारी कम र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई धेरै दिइने भएकाले तपाईंले उपाध्यक्षको भूमिकामा पार्टीभित्र प्रचण्डलाई चेक एण्ड ब्यालेन्समा राख्नुपर्ने देखियो र कमरेडले राष्ट्रिय सभा र मन्त्री भन्दापनि अहिले सक्रिय उपाध्यक्षको भूमिका निभाउनुपर्ने भयो’ स्रोतले बतायो।

सांसद तुलसा थापालाई क्याबिनेट पुनर्गठनमा व्यवस्थापन गर्ने संकेत दिँदै ‘आगामी महाधिवेशनमा तपाईं नै पूर्व एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार हुने भएकाले त्यहिअनुसार अघि बढ्नुस् कमरेड’ भनिएको पनि अर्को हल्ला छ । यस्तो अवस्थामा गौतमले ‘राष्ट्रिय सभाको सदस्य अब मलाई चाहिएन’ भनिदिने विश्वास लिएकाहरुले त्यसपछि लगत्तै खतिवडालाई मनोनित गर्ने योजनामा बालुवाटार रहेको बताइन्छ ।

अर्थमन्त्री रहेका खतिवडाले आफ़ुले विभिन्न गरेका कामको आफैले सरकारी मिडिया मार्फत आफ्नो भजन गाउदै हिडेको पाइन्छ। उनले पछिल्लो सातादेखि बालुवाटार मा आफ्नो सक्रियता ह्वात्तै बढाएका छन् ।