बलात्कार आरोपित वडाध्यक्ष जेल चलान

समाचार

११ भाद्र, गोरखा ।  बलात्कार आरोपमा पक्राउ परेका गोरखा को पालुङटार नगरपालिका वडा नं ४ का अध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत गोरखाले रानाभाटलाई विहिवार पुर्पक्षका लागि जेल चलान गरेको हो

स्थानीय १४ बर्षकी बालीकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष रानाभाटलाई प्रहरीले गत साउन १९ गते पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

रानाभाट तत्कालिन नयाँ शक्तिबाट निर्वाचित वडाध्यक्ष हुन् ।