संस्थागत नियुक्तिमा कुनै हस्तक्षेप गरेको छैन: रक्षामन्त्री पोखरेल

राजनीति

१० भाद्र, काठमाडौं ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले संस्थागत नियुक्तिमा आफूले कुनै हस्तक्षेप नगरेको प्रष्ट पारेका छन् ।

उनले बुधवार एक विज्ञप्ति जारी गर्दै आफूसँगको सम्बन्धका अधारमा कुनैपनि नियुक्ति नगरिएको स्पष्ट पारेका हुन् ।

पोखरेलले विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै नियुक्तिहरु भएका भन्दै अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले आफ्नो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गरेका छन् ।

उनले शाहीकालमा आफूमाथि गरिएको प्रोपोगाण्डालाई अहिले पनि उचालिरहेको भन्दै प्रमाणित गर्नका लागि चुनौती पनि दिएका छन् ।