९ भाद्र, काठमाडौं । आज (मंगलबार) काठमाडौंमा १९९ सहित उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउसो ४:१५ बजे जारि गरेको नियमित अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका बताएका छन्।
उनले काठमाडौंमा १९ ९ जना, भक्तपुरमा १४ र ललितपुरमा १९ जना कोरोना संक्रमित देखिएका बताएका छन्।
सोमबार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ संक्रमित थपिएका थिए ।
आइतबार काठमाडौंमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ गरी १६६ संक्रमित थपिएका थपिएका थिए ।
पछिल्लो २४ घण्टामा देशभरमा ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।