८ भदौ, काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
काठमाडौंको कागेश्वरी नगरपालिका- ९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।