राष्ट्रकवि माधव प्रसाद घिमिरेको शवलाई केहीबेरपछि आर्यघाटमा अन्त्यष्टि गरिंदै

Headlines समाचार
उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको हो ।१०१ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदैछ।

नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गरेर उनको अन्त्यष्टि गरिँदैछ ।गतवर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।

कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् ।

उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् ।