२४ साउन, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले संक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ।
