१६ साउन, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकाका ३८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा उपत्यकामा ३८ जना संक्रमित थपिएको जानकारी दिए।
संक्रमितमध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका एकजना छन्। उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।